उदयमान बहुउद्धेश्यीय सहकारी लिमिटेड(हाम्रो सहकारी )

हाम्रो कथा 

विक्तिय संरचना सबैको पहुँचमा  हुनु पर्दछ भन्ने कुरामा हाम्रो बिश्वास अटल छ। 

त्यसैले उदयमान बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना नोभेम्बर २०२० मा आर्थिक स्वतन्त्रता मार्फत विक्तिय संरचनामा सबैको पहुँच सुनिश्चित गर्न जनताका लागि जनताको सपनालाई सहयोग गर्ने उद्देश्यले विदेशमा बसोबास गर्ने नेपाली कामदारको पहलमा भएको हो ।


हाम्रो लक्ष्य 

To be the flagbearer of people-empowerment by touching, nurturing and enriching the lives of people while strengthening the society via financial freedom.

हाम्रा उद्धेश्यहरु  

थप जान्न चाहनुहुन्छ?

 कार्यकारी निर्देशकको संदेश 

जीवन कार्की, कार्यकारी निर्देशक 


उदयमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०७७ साल कार्तिक २७ गते (२०२० नोभेम्बर १४) मा वैदेशिक रोजगारीको लागि विभिन्न देशमा कार्यरत साथीहरुको पहलमा भएको हो । संस्थाको मुख्य उद्देश्य विभिन्न देशमा रोजगारीको लागि छरिएर रहेका साथीहरुको स-साना बचतलाई सङ्कलन गरी सुरक्षित लगानी गर्ने, उहाँहरू नेपाल फर्किएपछि तथा नेपालमा रहेर हामीसँग जोडिनुभएका साथीहरुलाइ स्वरोजगार बन्न प्रेरित गर्दै आर्थिक, रणनैतिक, प्रविधि तथा बजारको सहजताको लागि सहयोग गर्ने र उक्त आर्जन मार्फत आर्थिक परनिर्भरताबाट मुक्त भई स्वाबलम्बी नागरिक र उद्धमशील समाज निर्माणमा योगदान गर्ने रहेको छ ।  

 

संयुक्त रुपमा व्यवसाय गर्ने उद्देश्यका साथ जम्मा भएका साथीहरुको छलफल हुँदा हामीले सहकारी मोडेलमा हाम्रा पाइला अगाडि सार्ने निर्णय गर्‍यौँ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई व्यवहारमा प्रयोग गर्दै ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा प्रधान कार्यालय स्थापना गरेर सेवा दिन पाउँदा गौरवान्वित छौँ । आज उदयमान  कति सबल र सक्षम छ भन्दा पनि यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुराले महत्त्व राख्छ । महालक्ष्मी नगरपालिका निवासी जनताहरू र विभिन्न १३ भन्दा बढी देशहरुमा कार्यरत साथीहरुको न्यानो माया, सहयोग र भरोसा सहितको साथ पाउँदा हामीलाई अगाडि बढ्न निकै हौसला मिलेको छ l 

 

आगामी दिनमा संस्थाले सदस्य र समुदायको विकास एवम् जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने कार्यक्रम ल्याउनु पर्छ र त्यस सम्बन्धमा केही खाकाहरु तयार भइसकेका छन् । मलाई विश्वास छ उदयमानको अनुभवी र समर्पित टिमले संस्थाले अगाडि ल्याएका सबै योजनालाई सफल बनाउँदै लैजानेछ । हाम्रा लगानी  योजनाहरु बहुआयामिक, क्षेत्रगत विविधता तथा जोखिम न्यूनीकरणलाई ध्यान दिएर गरिने छन् l  हामीलाई माया र सहयोग गर्ने सबैलाई हार्दिक आभारसहित धन्यवाद दिन्छु ।

 

धन्यवाद ।

कार्यकारी निर्देशक 


 

हामी सँगै भयौं भने धेरै टाढा जान सक्छौं भन्ने विचारमा विश्वास गर्नुहुन्छ?

यहाँलाइ थप विवरणहरू चाहिन्छ भने  हामीलाई सम्पर्क गर्नु नभुल्नु होला!

हामी सहयोग गर्न यहाँ तत्पर छौं। हामीलाई फोन, इमेल वा हाम्रो सामाजिक मिडिया च्यानलहरू मार्फत सम्पर्क गर्नुहोस्।

FacebookLinkEmail

कर्यकारी कमिटी

राजन शाह 

अध्यक्ष 

जीवन कार्की

उपाध्यक्ष 

प्रमोद खड्का  

सचिव

सुर्य स्याङ्गतान

सचिव 

सन्तोष जैसवाल

कोषाध्यक्ष 

रेखा मोक्तान

कोषाध्यक्ष 

हाम्रो ठेगाना